नियम ३४
बीमा गर्ने तरीका
हुलाक वस्तुहरू बीमा गर्दा देहाय बमोजिम गर्नु पर्छः–
(१) बीमा गर्दा लाग्ने हुलाक तथा अन्य दस्तुरको अग्रिम चुक्ति हुलाक टिकट टाँसी वा फ्रेङ्कग गरी गर्नु पर्छ ।
(२) प्रत्येक बीमा वस्तु छाप नफुटाइकन वा बेसाबुत वा अस्पष्ट चिन्ह नरहने किसिमसँग खोल्न नसकिने गरी सफा र स्पष्ट बुझिने गरी एक रङको सफा लाहाद्वारा एकै ढाँचाको कुनै व्यक्तिगत छाप लगाई बलियो खाममा खोलमा वा बट्टामा वा बाकसमा राम्ररी बन्द गरिएको हुनु पर्दछ । रूपैयाँ पैसाको वा सोझा बाङ्गा काटिएको रेखा भएको छाप हुनु हुँदैन ।
(३) खाम, खोल, बाकस वा बट्टा कालो वा अरु कुनै किसिमको र·ीन किनारा नभएको वा भित्रको कुनै अंश कतैबाट देख्न र चिन्ह नसकिने गरी बनेको हुनु पर्छ ।
(४) खाम, खोल, बाकस वा बट्टा बन्द गरी टाँसिने, प्रत्येक जोड्नीमा लाहाछाप लगाएको हुनु पर्छ । कुनै वस्तु खाममा पठाइने भएमा धागाको टा“का मारी वा फिता बाँधी जहाँ गाँठो पर्छ त्यहाँ लाहाछाप लगाएको हुनु पर्छ ।
(५) खोल बाकस वा बट्टामा राखी पठाइने वस्तुका विषयमा सिएको ठाउँ धेरै भएमा प्रत्येक इन्चमा लाहा वा शिशाको छाप लगाउँदा बीमा वस्तु छाप खोली वा अन्य प्रष्ट चिन्ह देखिने नगरीकन खोल्न नसकिने हुनु पर्छ ।
(६) खोल बट्टा वा बाकस सरल बलियो चीजको बनेको र बलियो कागज वा कपडाले मोरिएको हुनु पर्दछ । त्यस्तो खाम, खोल, बट्टा वा बाकसमा हुलाक अड्डाको लेबूल टाँस्ने तथा चिन्ह लगाउने पर्याप्त स्थान हुनु पर्छ ।
(७) यसरी बीमा गरिने वस्तुमा कुनै केरमेट तथा थपघट नगरी बीमा गरिने मूल्य, अङ्क र अक्षर दुबैमा स्पष्टसँग बुझिने गरी लेखिएको हुनु पर्छ ।
(८) प्रेषकको नाम र ठेगाना बीमा गरिने वस्तुको अगाडिको भागको देब्रेतर्फ र ठेगानावालाको नाम र ठेगाना दाहिनेतर्फ केरमेट नगरी तथा नसच्याइकन पूरा र प्रष्ट लेखिएको हुनु पर्छ ।